तपाईँ सुन्दै हुनुहुन्छः

करदाता सेवा कार्यालय स्थापना

चितवन । आन्तरिक राजश्व कार्यालय, भरतपुरको मातहतमा रहने गरी चितवनको खैरहनी नगरपालिकामा करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । नगरपालिकाको मगनीचोकमा मंगलबार औपचारिक रुपमा कार्यक्रमको सेवा सुभारम्भ प्रमुख जिल्ला अधिकारीले नारायण प्रसाद भट्टराईले गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी भट्टराईले कर तिर्नु व्यवसायको धर्म र दायित्व रहेको बताउंँदै कर डरले नभई रहरले तिर्नुपर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । चितवन जिल्ला हरेक दृष्टिकोणले आर्थिक हब भएको भन्दै उनले अबदेखि पूर्वी क्षेत्रका व्यवसायीलाई सेवा लिन भरतपुर धाउन नपर्ने बाध्यताको अन्त भएको बताउनु भयो । यस सेवा कार्यालय चितवनको रत्ननगर नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र खैरहनी नगरपालिकाका व्यवसायीहरुलाई लक्षित गर्दै सेवा दिनेछ ।

कार्यालयका नवनियुक्त प्रमुख कपिल नेपालले व्यवसायीलाई करमैत्री र व्यवसायी मैत्री बनाउन सेवा कार्यालयको स्थापना गरिएको बताउनु भयो । पहिले देखिनै यस क्षेत्रका व्यवसायी कार्यालयको माग गरिएको र आवश्यकता समेत महसुुस गरिएकोले कार्यालय स्थापना गरिएको हो । आगामी दिनमा व्यवसायीको घरदैलोमै सेवा दिने र करको दायरा फराकिलो बनाउंँदै कर सचेतनामा बृद्धि हुने प्रमुख नेपालको भनाई छ ।

सो अवसरमा बोल्दै आन्तरिक राजश्व कार्यालय, भरतपुरका प्रमुख सुबप्रसाद रिजालले करदातालाई सहज र सहज रुपमा सेवा दिने उद्धेश्यले सेवा कार्यालय स्थापना भएको बताउनु भयो । करलाई चुस्त र दुरुस्त बनाउंँदै यस क्षेत्रका उद्योगी व्यवसायीको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button