तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ५२ जना कोरोना संक्रमित निको भई डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज ५२ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा ३१ जना पुरुष र २१ जना महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार २ सय २७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

बाँकेमा विरामी निको हुने दर ७९.४५ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ५ सय ४७ जना छन् । बाँकेमा हालसम्म २ हजार ८ सय ३ जनामा कोरोना पुष्टि हुँदा २९ जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button