दशैंका पाँच दिन वाणिज्य बैंकका शाखाहरु बन्द हुने

काठमाडौं । वाणिज्य बैकहरुले दशैंको विदामा पाँच दिन बैंकहरुको शाखा बन्द गर्ने भएका छन् ।
नेपाल बैंकर्स संघले हरेक दिन कोभिड संक्रमित कर्मचारी बढरहेको सन्दर्भमा संघले सदस्य बैंकहरुसँग दसैं बिदाका बेला शाखा कार्यालय बन्द गर्ने आग्रह गर्ने निर्णय गरेको जनाएको छ ।
कात्तिक ७ गते फूलपातीदेखि कात्तिक ११ गते (टिकाको भोलिपल्ट) सम्म बैंकका शाखाहरु बन्द हुने छन् । यसअघि बैंकहरुले ३६५ दिने काउन्टरबाट सेवा दिँदै आएका थिए । निश्चित अवधिका लागि दसैं बिदाका बेला पनि शाखा खुल्थ्यो ।
संघका अनुसार वाणिज्य बैंकहरुका करिब ३७ सयभन्दा बढी कर्मचारी संक्रमित छन् । संघले डिजिटल बैंकिङ र एटीएम सेवा भने निरन्तर रुपमा सञ्चालन हुने भन्दै संक्रमणबाट जोगिन डिजिटल बैंकिङको प्रयोग गर्न पनि सर्वसाधारणलाई अपिल गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्