तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात रोगका कारण बाख्रा मर्न थालेपछि किसान चिन्तित

कञ्चनपुर । कञ्चनपुर जिल्लामा अज्ञात रोगका कारण बाख्रा मर्न थालेपछि किसान चिन्तित वनेका छन । पछिल्लो समय कोरोनाका कारण वेरोजगार वनेका युवाहरु बाख्रा पालन व्यवसायतर्फ लागेपनि अज्ञात रोगले बाख्रा मर्न थालेपछि चिन्तित वनेका छन । उनीहरुले समयमै रोगको पहिचान गरि उपचार गरिनु पर्ने वताएका छन ।

कञ्चनपुरमा बाख्रामा झाडापखाला लाग्ने, खान छाड्ने र केही दिन भित्र मर्ने समस्या देखा परेको छ । यस्तो रोगवाट जिल्लामा दैनीक सय भन्दा वढि बाख्रा मर्न थालेको पशु चिकित्सकहरुको भनाई छ । रोगको एकीन हुन नसक्दा उपचार प्रभावकारी हुन नसकेको पशु विज्ञ केन्द्र महेन्द्रनगरले वताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button