तपाईँ सुन्दै हुनुहुन्छः

बारा प्रहरीले अबैध हुन्डीको १२ लाख ३४ हजार रुपैयाँ बरामद

बारा । बारा प्रहरीले कचोर्वाहाबाट अबैध हुन्डीको १२ लाख ३४ हजार रुपैयाँ बरामद गरेको छ । सिम्रौनगढ नगरपालिका वडा नं.९ कचोर्वास्थित नेपालभारत सीमा क्षेत्रबाट १२ लाख ३४ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी कचोर्वाको टोलीले झोला लिएर आइरहेका एक अपरिचत पैदल यात्रीलाई चेक गर्ने क्रममा सो रकम बरामद गरेको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । झोलामा १ हजारको नोट ८ सय ४२ थान, ५ सयको ७०२ थान, एक सयको ३५९ थान, ५० को ११२ थान, २० को ४ थान, १० को १ थान र ५ को १ थान गरी कुल १२ लाख ३४ हजार ५९५ रुपैयाँ बरामद गरिएको बाराका प्रहरी प्रवक्ता मिश्रले बताउँनुभयो ।

प्रहरीलाई देख्नेबितिकै ती व्यक्ति झोला फालेर भागेको र सोही झोलाबाट उक्त रकम बरामद भएको थियो । अवैध हुन्डीको रकम आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button