तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा लुकाईछिपाई राखेका २ भरुवा बन्दुक बरामद

अछाम- अछाम प्रहरीद्वारा २ वटा भरुवा बन्दुक बरामद गरिएको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले २ वटा भरुवा बन्दुक बरामद गरेको अछामका प्रहरी प्रमुख डिएसपी याेगेन्द्र सिंह थापाले जानकारी दिनुभयो । जिल्लाको तुर्माखाँद र ढकारी गाउँपालिकाबाट भरुवा बन्दुक बरामद गरिएको हाे ।

असोज २६ गते तुर्माखाँद गाँउपालिका वडा नम्बर ६ को सेलागढी जंगलमा लुकाई छिपाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरिएको हो ।

यस्तै कात्तिक ३ गते प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरी टोलीले ढकारी गाँउपालिका वडा नम्बर ४ को भराम स्थित बासपानीको जंगलमा लुकाई छिपाई राखेको अवस्थामा अर्को भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बन्दुक कसकाे हाे भन्ने विषयमा अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button