तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ६६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज ६६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा ४१ जना पुरुष र २५ जना महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार १ सय ७५ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

बाँकेमा विरामी निको हुने दर ७९.७० प्रतिशत रहेको छ । अब आइसोलेसनमा ५ सय २५ जना छन् । बाँकेमा हालसम्म २ हजार ७ सय २९ जनामा कोरोना पुष्टि हुँदा २९ जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button