पोखरीमा लुकाएर राखेको सालको काठ बरामद
बारा । डिभिजन बन कार्यालय बाराले पोखरीको पानीमा लुकाएर राखेको १६ क्युफिट सालको काठ बरामद गरेको छ । बिशेष सुचनाको आधारमा सहायक बन अधिकृत सत्यदेव यादवको कमाण्डमा खटिएको प्रहरी र बनगस्ती सहितको टोली करैयामाई गाउँपालिकाको तेतरैयाबाट १६ क्युफिटको काठ बरामद गरेको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।

पोखरीयामा करिब ५ घण्टा लगाएर बन टोलिले पानीभित्र तस्करहरुले लुकाएर राखेको दुई थान काठ डोरीले बाँधेर निकालेको थियो । काठ करिब दुई दिन देखि पानीमा लुकाएर राखेको जस्तो देखिन्छ । बरामद काठलाई मधुबन सब–डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको छ भने तस्करहरुको खोजि कार्य भईरहेको डिभिजन बन प्रमुख अहमदले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्