चितुवाको छालासहित एक जना पक्राउ
दाङ । दाङमा ७ फिट ८ ईन्चको चितुवाको छालासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्वर ५ धर्ना बस्ने ५० वर्षीय ईन्द्र बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ ।
आरोपीको घरमा खानतलासी गर्दा चितुवाको बंगरादेखि पुच्छरसम्म ७ फिट ८ ईन्चको छाला फेला परेको प्रहरीले बताएको छ ।






प्रतिक्रिया राख्नुहोस्