दशैं मनाउन कैदीलाई सांसदको खसी उपहार

ओखलढुंगा । ओखलढुंगाका प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवारले जेल जिवन बिताईरहेका कैदीबन्दीलाई खसी उपहार दिनुभएको छ । दशैको अवसर पारेर सांसद सुनुवारले जिल्ला कारागार ओखलढुंगामा कैद भूक्तान गरिरहेका कैदीबन्दिलाई खसी हस्तान्तरण गर्नुभएको हो ।
विभिन्न घटनामा संलग्न भएर कानुन बमोजिम कारबाही भोगिरहेता पनि मानविय संवेदनालाई ख्याल गरेर पर्वको समयमा कैदीलाई सम्झिएको सांसद सुनुवारले बताउनुभयो । ‘कारागारमा हुने कैदीबन्दीहरु खासमा तपाईहरु कानुनी अज्ञानता, परिबन्द, संगत, आवेश र उत्तेजनाका कारण घटेका र घटाइएका घटनामा संलग्न भएर कानुन अनुसार कारबाही भोगिरहनु भएको छ ।’ कारागारमा खसी हस्तान्तरण गर्दै सांसद सुनुवारले भन्नुभयो, ‘कानुनी राज्यमा कानुन भन्दा माथि कोही हुन सक्दैन । त्यसैले अपराध अनुसारको सजाय त भोगिरहनु भएकै छ, मैले पर्वको समयमा सम्झीएर सधैंझैं यो खसी सहयोग गरेको हुँ मिलेर खानुस् । जेलबाट छुटेपछि नयाँ जीवन लिएर जानुस् । ता कि फेरि यो जेलमा कोही आउन नपरोस् र समाजले पनि तपाईहरुलाई अपराधीकै रुपमा होईन असल मान्छेका रुपमा सहजै स्विकार्न सकोस् ।’ कारागारमा फुर्सदमा बस्दा क्षमता विकास गर्न सांसद सुनुवारले कैदीबन्दिलाई सुझाव दिनुभएको छ । पुस्तक पढ्ने, रेडियो सुन्ने, विभिन्न सिपमुलक काम सिक्ने जस्ता कार्य गरेर आफ्नो क्षमता बढाउन सकिने उहाँको भनाई थियो ।
सांसद सुनुवारले विगत २०७० सालदेखि देखि दशैको समयमा कैदीबन्दिलाई खसी सहयोग गर्दै आउनु भएको छ । संबिधानसभाको निर्वाचनमा निर्वाचित भएयता सांसद सुनुवारले हरेक वर्ष कैदी बन्दिलाई खसी उपहार दिँदै आउनु भएको थियो । दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित भएपछि पनि त्यसलाई निरन्तरता दिनुभएको हो ।
खसी उपहार दिन कारागार पुग्नुभएका सांसद सुनुवार, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल लगायतलाई कैदीबन्दिले आफुले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले कारागारमा क्षमता भन्दा बढी कैदी राखिनुपर्ने बाध्यता रहेपनि आन्तरिक व्यवस्थापन राम्रो गर्ने प्रयास भईरहेको बताउनुभयो । कैदी बन्दिहरुबिचको एकता र मेलमिलाप चर्चा गर्न योग्य रहेको भन्दै प्रजिअ पौडेलले आगामी दिनमा पनि मिलेर बस्न आग्रह गर्नुभयो । कारागारको समस्या समाधानका लागि माथिल्लो निकायमा सिफारीस गरिएको उहाँको भनाई छ ।
सांसदको दशैं उपहार खसी पाएपछि कैदीबन्दि खुसी भएका छन् । घर परिवारबाट टाढा कारागार भित्र कष्टकर जीवन बिताईरहेको अवस्थामा कसैले नसक्झँदा पनि सांसदले हरेकवर्ष सम्झिएको जिल्ला कारागारका नाइके नबराज बस्नेतले बताउनुभयो । उहाँका अनुसार कैदीबन्दिको कारागारमै सामुहिक दशैं मनाउने तयारी छ ।
जिल्ला कारागार ओखलढुंगामा ३१ बन्दि र ४४ कैदी गरि ७५ जना कैदीबन्दि छन् । उनीहरु मध्ये ७० जन






प्रतिक्रिया राख्नुहोस्