कोरोनाका कारण झापामा थप दुई जनाको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

भद्रपुर, झापा । झापामा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का थरका ५८ बर्षीय पुरुष र शिवसताक्षी–११ दुधेका ५६ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
बिहीबार स्वाव संकलन गरिएका दमकका पुरुषको शुक्रबार रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट आएकै बेलुकी उनको घरैमा मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताउनुभयो । योसँगै दमकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
क्यान्सरको उपचार गराइरहेका शिवसताक्षीका पुरुषको पनि शुक्रबार नै रिपोर्ट पोजेटिभ आएको थियो । उनको पनि त्यसै दिन राति मृत्यु भएको थियो ।
योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्