कोरोना सङक्रमणबाट बुटवलमा कर्मचारीको मृत्यु

रुपन्देही । कोभिड १९ को संक्रमणबाट बुटवल उपमहानगरपालिकाका एकजना कर्मचारीको मृत्यु भएको छ । बुटवलस्थित कोरोना बिशेष अस्पतालमा शनिबार साँझ उपमहानगरका ५औं तहका कर्मचारीको मृत्यु भएको हो ।
असोज २७ गते कोरोना पोजेटिभ देखिएपछि उहाँ होम आइसोलेसनमा बस्नुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि आजै भर्ना हुनुभएका वडा नं ८ को कार्यालयमा कार्यरत ४९ वर्षका पुरुष कर्मचारीको मृत्यु भएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले पुष्टि गर्नुभएको छ ।
उपचारका सबै प्रक्रिया अपनाउँंदा पनि बचाउन नसकिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्