बाँकेमा थप ४२ जना कोरोना संक्रमित निको भई डिष्चार्ज
नेपालगन्ज। बाँकेमा आज थप ४२ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा ३ जना बाहेक सबै होम आइसोलेसनमा बसेका हुन् । यसमा २७ जना पुरुष र १५ जना महिला छन् ।
यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार २२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । बाँकेमा विरामी निको हुने दर ७६.७४ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ५ सय ८४ जना छन् । बाँकेमा हालसम्म २ हजार ६ सय ३५ जनामा कोरोना पुष्टि हुँदा २९ जनाको भने मृत्युु भइसकेको छ ।






प्रतिक्रिया राख्नुहोस्