भरतपुर अस्पतालमा ४९ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
चितवन । भरतपुर अस्पतालमा चितवनका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ का ४९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
असोज ३० गते कोरोना संक्रमण सहित खोकी, श्वासप्रश्वाशमा समस्या भई अस्पतालको कोभिड आइसीयु कक्षमा भर्ना भएका थिए । उनी असोज २८ गते कोभिड १९ संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए । क्यान्सरबाट पीडित उनको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालमा भर्ना भएका हुन ।
भेन्टिलेटरमा राखेर उपचाररत उनको आज राती १ बजेर ४५ मिनेट जांँदा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्