तपाईँ सुन्दै हुनुहुन्छः

मानव बेचबिखन मुद्दामा एक युवती पुर्पक्षका लागि कारागार चलान

कञ्चनपुर । कञ्चनपुरमा मानव बेचबिखन मुद्दामा एक युवतीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

मानव बेचबिखन मुद्दामा पक्राउ परेकी जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ की २२ वर्षीया ममता गिरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले अदालतले युवतीलाई पुर्पक्षका लागि कारागार चालन गर्न आदेश दिएको बताउनु भएको छ ।

सोही मुद्धामा पक्राउ परेका मदिरा व्यवसायी राजेन्द्र प्रसाद भट्ट र ठेक्कापट्टा व्यवसाय गर्ने राजेन्द्र गिरी भने साधारण तारेखमा छुटेको उहांले जानकारी दिनुभयो ।

गत असोज १२ गते दोधाराचाँदनीको चोरी बाटो हुँदै १५ वर्षीया किशोरीलाई बेचबिखन गर्न भारत लगिरहेको भन्ने सूचनाका आधारमा माइती नेपाल र प्रहरीको संयुक्त टोलीले २२ वर्षीया गिरीलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा मानव बेचबिखनको उक्त मुद्धामा संलग्नता देखिएको भन्दै प्रहरीले १९ असोजमा मदिरा व्यवसायी भट्ट र गिरीलाइ पनि पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button