तपाईँ सुन्दै हुनुहुन्छः

झापामा बञ्चरोले हानेर साथीको हत्या, एक जना पक्राउ

भद्रपुर, झापा । साथीलाई बञ्चरो हानेर मारेको अभियोगमा प्रहरीले झापाको सुरुङ्गाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का टल्के भनिने रबिन राजवंशी रहेका छन् ।

अभियुक्त राजवंशीले आफ्नै साथी अभिषेक चौधरीलाई बञ्चरो हानेर मारेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

बिर्तामोड प्रहरीका डिएसपी मुकुन्द रिजालले घटनाको आठ घण्टापछि राजवंशीलाई पक्राउ गरिएको बताउनुभयो ।

दुवै जनाबीच लागूऔषधका विषयमा विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २७ गते साँझ राजवंशीले चौधरीको हत्या गरेका हुन् ।

असोज २८ गते विहान कनकाई नगरपालिकाको वडा नम्बर–३ एकान्त टोलस्थित बाँसघारीमा चौधरीको शव भेटिएको थियो ।

पक्राउ परेका राजवंशीले बञ्चरोले टाउकोमा हानेर मारेको स्वीकारेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button