समूदायमा कोरोना देखिन थालेपछि पाटन नगरपालिकामा लकडाउन

बैतडी । बैतडीको पाटन नगरपालिकाले लकडाउनमा कडाई गर्ने भएको छ ।
नगरपालिकाभित्र समूदाय स्तरमै कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि लकडाउनलाई कडाइका साथ लागु गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका उपप्रमुख सरस्वती कोलीको अध्यक्षतामा आज बसेको आकस्मिक सर्वपक्षीय बैठकले लकडाउन प्रभावकारी बनाउने निर्णय गरेको हो ।
बैठकले दशैँर तिहारको समयमा गाउँघर र बजार क्षेत्रमा बढी भिडभाड हुने हुदाँ सुरक्षाकर्मी र अनुगमनकर्ताको टोली खटाउने समेत निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले बताउनुभयो ।
चाडपर्वको समयमा कोरोनाले भयावह रुप लिनसक्ने भन्दै यसबाट बच्ने उपाय अपनाउन सचेत गराउने उहाँले बताउनुभयो ।
बजारमा भिडभाड कम गर्न नगरपालिका क्षेत्रभित्र भोलिदेखि बजार ब्यवसाय, होटेल, कार्यालय, संघसस्था, तालिम, गोष्ठी तथा सभा सम्मेलन र आवतजावत पाँच दिनसम्म पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको गरिएको छ ।
यस्तै बैङ्क तथा बित्तीय संस्थाहरु कार्तिक १ देखि ३ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
यसअघि नगरपालिकाका र्दुृ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिपछि नगरपालिकाको कार्यालय र १० वटै वडा कार्यालयहरु बन्द गरिएको थियो ।

पाटन नगरपालिकामा अहिलेसम्म देखिएका ६९ जना कोरोना सङ्क्रमित मध्ये १९ जना अझै सक्रिय सङ्क्रमित रहेका छन् ।
यसअघि कोरोनाका सङ्क्रमित समूदाय स्तरमै देखिन थालेपनि कुनै चासो नदेखाएको भन्दै नागरिक स्तरबाट पाटन नगरपालिका नेतृत्वको बिरोध भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्