तपाईँ सुन्दै हुनुहुन्छः

वडाध्यक्षको मोटरसाइकल चोरी

कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा घरेलु तथा साना उद्योग कार्यालयबाट एक वडाध्यक्षको मोटरसाइकल चोरी भएको छ ।

विजयनगर गाउँपालिकाको वडा नं. ५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमानको लु. ५९ प. ८३११ नम्बरको रातोकालो पल्सर मोटरसाइकल चोरी भएको हो । मंगलवार करिब दिउँसो ३ः३० बजेतिर मोटरसाइकल चोरी भएको वडाध्यक्ष मुसलमानले बताउनुभयो ।

उहाँका भाई समीम मुसलमान कार्यालय सम्बन्धी कामको लागि घरेलु तथा साना उद्योग कार्यालयमा जानुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button