स्वास्थ्य प्रोटोकल पालना भए नभएको अनुगमन

सुनसरी । धरानमा आज मङ्गलवार देखी स्वास्थ्य प्रोटोकल पालनाबारे अनुगमन उल्लङ्घन गर्नेलाई सय रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।
कोरोना संक्रमण दिनहुँ वृद्धि भइरहेको धरानमा मङ्गलवार देखी स्वास्थ्य प्रोटोकल पालना भए नभएको अनुगमन गरिने भएको छ ।
मेयर तिलक राईको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल समेतको उपस्थितिमा धरानमा सोमबार भएको बैठकले यस्तो निर्णय भएको हो ।
मेयर राईका अनुसार कोरोना सङ्क्रमणको जोखिम बढ्नुमा व्यक्तिहरू स्वयम सचेत नभएकोले मङ्गलवार देखि प्रोटोकल पालनाको विषयमा अनुगमन गर्ने निर्णय भएको छ । स्वास्थ्य प्रोटोकल पालना गर्यौँ भने जोखिम कम हुन्छ त्यसैले सचेत गराउँदै सबै क्षेत्रमा अनुगमन गर्ने निर्णय भएको मेयर राईले बताउनुभयो ।
मेयर राईका अनुसार उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा अनुगमन गरिनेछ । सुरुमा एउटा टोलीले अनुगमन सुरुवात गर्नेछ भने आवश्यकता अनुसार टोली बनाएर अनुगमनलाई तीव्रता दिइनेछ ।








प्रतिक्रिया राख्नुहोस्