जारको पानी पुरानै मूल्यमा बेच्ने सहमति

काठमाडौं । सरकारी पदाधिकारी र पानी व्यवसायीबीच तत्कालका लागि जारको पानीमा मूल्यवृद्घ नगर्ने सहमति भएको छ ।
सहमतिसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको पानी पुरानै मुल्यमा बिक्रि वितरण गर्न निर्देशन दिएको छ ।
विभागका पदाधिकारी र पानी व्यवसायीबीच भएको छलफलपछि बढेको मूल्य फिर्ता गरी तत्काल मूल्यवृद्धि नगर्ने सहमति भउको हो ।
संसदीय समितिमा पानीको मूल्यवृद्धिको विषयमा परेको उजुरीमाथि थप निर्णय नभएसम्म मूल्यवृद्धि नगर्ने सहमित भएको विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार व्यवसायीले बढेको मूल्य तत्काल फिर्ता गरी सार्वजनिक सूचना जारी गर्ने सहमति भएको हो । यसअघि नेपाल वोटल वाटर उद्योग सङ्घले एकतर्फीरुपमा असोज १८ गतेदेखि जारको पानीको मूल्यवृद्धि गर्न परिपत्र गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्