चितवनमा सर्लाहीका ३१ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । पुरानो मेडिकल कलेज(कलेज अफ मेडिकल साइन्सेस), चितवनमा सर्लाहीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला चकरघट्टा गाउंँपालिका वडा नम्बर १ का ३१ बर्षीय पुरुष रहेका छन ।
ती पुरुष श्वासप्रश्वासमा समस्या भई असोज २३ गते अस्पताल भर्ना भएका थिए । उनको २६ गते कोरोना पुष्टि भएको थियो । निमोनिया कारण अस्पतालको कोभिड आइसियु कक्षमा उपचार भईरहेको थियो । उनको आज बिहान ३ बजेर २० मिनेट जांँदा मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्