तपाईँ सुन्दै हुनुहुन्छः

ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट

काठमाडौं । ब्वायलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएको छ ।

उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो ।

लागत मूल्य प्रतिकिलो २०५ पर्ने गरेको ब्वायलर कुखुरा बिक्री हुन छाडेपछि कृषकहरु आधी मूल्यमा बिक्री गर्न बाध्य भएकोे नेपाल ब्वायलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलले बताउनुभयो ।

चितवनमा प्रतिकिलो रु २०० र काठमाडौँमा रु २२० दररेट राखेर मूल्य सार्वजनिक गरिएको भएपनि धेरै कुखुरा हुनेले सो मूल्यभन्दा कममा नै बिक्री गर्ने गरेका नेपाल ब्वायलर कुखुरापालक किसान सङ्घले जनाएको छ ।

काठमाडौँमा दैनिक पाँच लाख किलो मासु खपत हुनेमा अहिले झण्डै आधामा झरेको छ ।

देशभर एक सयदेखि १० हजारसम्म ब्वायलर कुखुरा पाल्ने किसान ४५ हजार हाराहारी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button