तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छली गरी ल्याइएका अवैध सामग्री बरामद

कञ्चनपुर । कञ्चनपुरका विभिन्न क्षेत्रमा भन्सार छली गरी ल्याइएका ३ लाख १७ हजार ८ सय मुल्य बराबरका अबैध सामग्री कञ्चनपुर प्रहरीले बरामद गरेको छ ।

बेलौरी नगरपालिका वडा नम्बर १, ४ र ६ का विभिन्न स्थानबाट अबैध रुपमा भन्सार छली गरी ल्याइएका केराउ ३६ कट्टा, मलखाद २७ कट्टा, पेन्ट्स र हार्डवेयरका सामग्रीहरु समेत गरी करीब १ लाख ८८ हजार ७ सय मुल्य बराबरको उक्त सामग्री र दुई थान मोटरसाइकल बरामद गरेको छ ।

ती सामग्री र मोटरसाइकलहरु आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी क्षेत्रीय अनुसन्धान समुह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुर चोकबाट सोमबार बिहान १० बजेतिर बेलौरी बस्ने २९ वर्षीय ललित महराले चलाएको मोटरसाइकलमा अबैध भन्सार छली गरी ल्याइएका बिडी र प्याज सहित मोटरसाइकल तथा कलुवापुर पिपल चौताराबाट बेवारिसे अवस्थामा रहेको चार कट्टा बिडी समेत गरी करीब १ लाख १५ हजार मुल्य बराबरको सामग्री र महरालाई आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले भिमदत्त नगरपालिका वडा नम्बर ४ स्थित ४ नम्बर गल्लीबाट अवैध भन्सार छली गरी ल्याइएको करीब १४ हजार १ सय मुल्य बराबरको ४७ प्याकेट धनियाको बिउँ समेत बरामद गरी भन्सार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button