तपाईँ सुन्दै हुनुहुन्छः

चौतारा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

सिन्धुपाल्चोक । जिल्ला अस्पताल चौतारामा रहेको दुई बरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द भएको छ ।

सोमबारदेखि अर्को सुचना नआएसम्म अस्पतालको आकस्मिक बाहेकको सबै सेवा बन्द भएका हुन् ।

बिरामीको प्रत्यक्ष सम्पर्कमा चिकित्सकहरु आएको हुनाले उनीहरुको स्वाब संकलन गर्नुपर्ने भएकाले अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द गरीएको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. अमित प्रजापतिले एक सुचनामार्फत् जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button