तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा अपांग व्यक्तिहरुलाई आर्थिक सहयोग

भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्वर ४ चरम्वीका अपांग ब्यक्तिहरुलाई आर्थिक सहयोगका साथै स्वास्थ्यका सामाग्री प्रदान गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी भोजपुर शाखाले अरुण गाउँपालिकामा सञ्चालित समुदायमा आधारित विपद जोखिम न्युनीकरण (सिबिडिआरआर) कार्यक्रम अन्तरगत चरम्बीमा रहेका क र ख वर्गमा पर्ने २४ जना अपांगहरुलाई आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

अरुण गाउँपालिकाको वडा नं ४, ६ र ७ मा सञ्चालन हुदै आएको कार्यक्रम अन्तरगत गाउँपालिकाका ३ सय ८ जना अपांग व्यक्तिहरुमध्ये पहिलो चरणमा क र ख वर्गका १ सय १३ जना अपांग व्यक्तिहरुलाई आर्थिक तथा स्वास्थ्यका सामाग्री सहयोग गरिने नेपाल रेडक्रस सोसाईटी भोजपुर शाखाका कार्यक्रम अधिकृत तेज श्रेष्ठले बताउनु भयो ।

छनौटमा परेका क वर्गका अपांगहरुले १० हजार, ख वर्गलाई ७ हजार र स्वास्थ्यका सामाग्री अन्तरगत विभिन्न १५ वटा स्वास्थ्यका सामाग्रीहरु पाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button