तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

झापा । झापाको कमल गाँउपालिका–२ त्रिवेणीचोक निवासी ३४ वर्षीय रामजी थापा आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।

शनिबार साँझ थापाले २४ वर्षीया श्रीमती रिता थापाको हत्या गरेका थिए ।

घरायसी विषयमा विवाद हुँदा थापाले रितालाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

थापालाई पक्राउ गरी कर्तव्य ज्यान अन्तरगत मुद्दामा कानुनी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button