तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा २६ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँमा सोमबार एकैपटक २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्लाको व्यास नगरपालिकाका ११, शुक्लागण्डकी नगरपालिकाका ७, भिमाद नगरपालिकाका ४ तथा बन्दिपुर गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमित हुनेमा व्यास(१ का २७, १५ १३ वर्षका पुरुष र २६ वर्षकी महिला, व्यास–२ की ३४ वर्षीया महिला, व्यास–३ का ४० वर्षका पुरुष, व्यास(४ का ३६ वर्षका पुरुष र २५ वर्षीया महिला, व्यास(८ की ४२ वर्षकी महिला, व्यास(१० का ३१ वर्षका पुरुष र व्यास(१४ का २८ वर्षकी महिला पनि संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै शुक्लागण्डकी नगरपालिका(५ का ४६ , २९ वर्षका पुरुष र ३८ वर्षकी महिला, शुक्लागण्डकी–७का ४३ वर्षका पुरुष, २६ वर्षीया महिला र ८ वर्षकी बालिकामा संक्रमण भेटिएको छ ।

यस्तै शुक्लागण्डकी(४का ४१ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।भिमाद(६ का २१, ३५, ५० वर्षकी महिला र १७ वर्षका संक्रमण पुष्टि भएको छ ।त्यस्तै बन्दिपुर(१ का ४६, ३० वर्षीय पुरुष र ३३ र ३८ वर्षीया महिलामा संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button