तपाईँ सुन्दै हुनुहुन्छः

बिहानै मकवानपुरमा ४२ जनामा कोरोना सक्रमण पुष्टी

मकवानपुर- हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकामा आज बिहानै ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपीएकामा १७ जना महिला र २५ जना पुरुष रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

असोज २३ गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको १ सय २० जनाको परीक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको चौलागाईले वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button