बक्यौता रकम तत्काल पाउनुपर्ने उखु किसानको माग
काठमाडौँ । रौतहटका उखु किसानले श्रीराम सुगर मिल्स प्रालिबाट तत्काल पाउनुपर्ने बक्यौता रकम ४१ करोड रुपैयाँ पाउनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवलाई आज ज्ञापनपत्र बुझाउँदै उखु उत्पादक सङ्घले हाल कम्पनी बन्द रहेकाले उद्योग पुनः सञ्चालनको माग समेत गरेको छ ।
उद्योगबाट त्यहाँ कार्यरत श्रमिक तथा कर्मचारीले पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चयकोष समेत गरी चार करोड रुपैया पाउन बाँकी रहेकाले त्यसको पनि भुक्तानीको माग सङ्घले गरेको छ ।
किसानको भुक्तानी बाँकी रहेकै अवस्थामा जिल्ला प्रशासन कार्यालय रौटहटले गत साउनमा कम्पनी बन्द गर्ने निर्णय गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्