तपाईँ सुन्दै हुनुहुन्छः

नापी अधिकृतमा कोरोना संक्रमण भएपछि कार्यालय बन्द  

जनकपुरधाम । नापी कार्यालय धनुषाका एक नापी अधिकृतमा कोरोना संक्रमणको पुष्टि भएपछि कार्यालयको कामकाज आजदेखि बन्द गरिएको छ ।

कार्यालयका अधिकांश कर्मचारीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले कार्यालयको कामकाज दुई दिनका लागि बन्द गरिएको नापी कार्यालय धनुषाले जनाएको छ ।

कार्यालयका प्रमुख सहितका अन्य कर्मचारीको स्वाव संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पि सि आर परीक्षणका लागि पठाईएकाले कार्यालयको कामकाज बन्द गरिएको नापी कार्यालयले सूचना प्रकाशित गरी जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button