तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणका कारण १४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या छ सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दुई जना महिला र १२ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौँकी ६८ बर्षीया महिला, र धादिङकी ३१ बर्षीया महिलाको मृत्यु भएको हो भने सुनसरीका ४५ बर्षीय पुरुष, मोरङका २०, र ७२ बर्षीय पुरुष, सर्लाहीका ७१ बर्षीय पुरुष, काठमाडौँका ४८, र ९० बर्षीय पुरुष, लालितपुरका ४३, र ४९ बर्षीय पुरुष, भक्तपुरका ६८ बर्षीय पुरुष, मकवानपुरका ७७ बर्षीय पुरुष, नवलपरासी पुर्वका ३६ बर्षीय पुरुष, र रुपन्देहीका ५७ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button