ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मन्दिरलाई व्यवस्थित गर्दै प्रदेश सरकार

विराटनगर । प्रदेश न १ को प्रमुुख शक्तिपिठको रुपमा रहेको सानसारीमाई मन्दिर व्यवस्थापन तथा पुर्वाधार निर्माणमा प्रदेश सरकारले चासो दिएको छ ।
मोरङको रंगेलीस्थित चिसाङ्ग खोलाको किनारमा रहेको सो मन्दिरमा प्रदेश सरकारले झण्डै १८ करोड रुपैयाँ रकम विनियोजित गरी मन्दिर परिसरमा आवश्यक पुुर्वाधारहरु निमार्ण गर्न लागेको हो ।
उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्दिर परिसरको पाँच विघा क्षेत्रफल जग्गामा भक्तजनहरुको सहजताका लागि विवाह व्रतवन्धका लागि पार्टी प्यालेस, पार्कसहितको पोखरी, पुजारी क्वाटर , स्वागतद्धार, वाउड्रीवाल, मार्केट व्लक तथा मन्दिर परिसरमा सटरसहितका भवन कार्यालय तथा शौचालयलगायतका पुर्वाधारहरु निमार्ण गर्न लागेको हो ।
आवश्यक पुुर्वाधार निमार्णका लागि ठेक्का सम्झौता भइसकेको र दशैँ लगतै काम शुरु हुने मन्दिर व्यवस्थापन समितिका सह–सचिव इश्वर पोखरेलले बताउनुभयो । धुलेखेल निर्माण सेवासँग ठेक्का सम्झौता भएको र आगामी तीन वर्ष भित्र सबै काम सम्पन्न हुने सह–सचिव पोखरेलले बताउनुुभयो ।
मन्त्रालयका इन्जिनियर अरविन्दकुमार माझीले पुर्वाधार निमार्णका लागि नाप नक्सानको काम भइसकेकाले दशैँको पुर्णिमा लगतै काम शुरु हुने बताउनुभयो ।
एक सय वर्षभन्दा लामो इतिहास बोकेको सो मन्दिरको आफ्नै धार्मिक महत्व छ । लामो समय सामान्य अवस्थामा रहेको सो मन्दिरमा विगत १० वर्षदेखि दर्शन गर्न आउने भक्तजनहरुको संख्या उल्लेखनीय रुपमा बढेको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष सन्जीव श्रेष्ठले बताउनुभयो ।
मन्दिरमा सबैभन्दा बढी शनिवार र मंगलवार पुुजा गर्न र भाकल अनुुसार बली चढाउने गर्दछन । शनिवारका दिन पाँचदेखि सात हजारसम्म भक्तजन आउने र दुई सयदेखि अढाइ सयसम्म बोकाको बलि चढने गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
मन्दिरमा मोरङ, सुुनसरी, सिराहा, सप्तरी तथा पहाडी जिल्ला तथा भारतबाट समेत ठुलो संख्यामा भक्तजनहरु आउने गर्दछन ।
चिताएको कुुरा पुुरा हुुने बिस्वास रहेको सो मन्दिरमा प्रदेश १ को सरकारले दुई वर्ष वर्षदेखि प्रदेशस्तरमा फुलपाती बढाई गर्न थालेपछि मन्दिरको महत्व झन बढेको पाइन्छ ।
यसअघि मन्दिर व्यवस्थापन समितीले फुुलपाती बडाई निकाल्दै आएको थियो । घटस्थापनादेखि विजय दशमीको टिकाको दिनसम्म जमरा राखेर विधि पुुर्वक भजन कृर्तनसहित मन्दिरमा पुजापाठ हुने गर्दछ ।
फुुलपातीका दिन हजारौँको सहभागितामा मन्दिर परिसरबाट डोली निकालेर नेपाली सेनाले फुलपातीका दिन बडाई समेत दिने गरेको पाइन्छ ।
तर यो वर्ष कोभिड–१९ कारण सामान्य रुपमा फुुलपाती बडाई तथा मन्दिरमा पुजाआजा गरिने जनाइएको छ । भौतिक दुरी कायम गरेर स्वास्थ्य सजगता अपनाउँदै पुजापाठलाई यो वर्ष पनि निरन्तरता दिएको मन्दिर व्यवस्थापन समितिको भनाई छ । विधि पुर्वक फुलपाती निकाले पनि यो वर्ष बाजा गाजासहितको झाकी तथा मेला आयोजना नहुने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्