तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा विशेष सुरक्षा योजना लागू हुँदै

अत्तरिया कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रदेशमा विशेष सुरक्षा योजना लागु गर्ने भएको छ ।

आइतबारबाट लागु हुने गरी प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको हो ।  दसैँ तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा रणनीति तयार गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

‘चाडपर्वमा हुन सक्ने सम्भावित घटना र अपराधी क्रियाकलाप नियन्त्रण गर्न विशेष सुरक्षा योजना तयार गरिएको हो’ उहाँले भन्नुभयो, ‘यसका हामी हामीले थप प्रहरी समेत परिचालन गरेका छौँ ।’

उहाँले सुदूरपश्चिम प्रदेशमा पाँच हजार ५० प्रहरीले नयाँ सुरक्षा रणनीति अनुसार नागरिकलाई सेवा दिने बताउनुभयो ।

दशैं, तिहार र छठसम्म प्रदेशका नौ वटै जिल्लामा सीमा नाकाको नियमन, मोबाइल गस्ती टोली, राजमार्ग स्वकटिङ, पैदल गस्ती टोली, सादा पोसाकमा प्रहरी परिचालन, यात्रु सहायता कक्षलगायतमा प्रहरी खटिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button