म्याद गुज्रेका अखाद्य बस्तु नष्ट

कपिलवस्तु । चाडपर्व नजिकिँदै गएपछि कपिलवस्तुमा बजार अनुगमनले तीव्रता पाएको छ । बजार क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रेका अखाद्य बस्तु भेटिएको छ । इलाका प्रशासन कार्यालय वाणगंगाले गरेको बजार अनुगमनका क्रममा ओदारी–घरबुदिया स्थित गुप्ता खाद्यान्न तथा जनरल स्टोर्समा म्याद गुज्रेका डेढ लाख बराबरको अखाद्य बस्तु भेटिएको हो । ती अखाद्य बस्तुलाई वाणगंगा नगरको डम्पिङ क्षेत्रमा नष्ट गरिएको इलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख विष्णु प्रसाद ज्ञवालीले बताउनुभयो ।
अनुगमन टोलीले चियापती, मिठाई, बिस्कुट, ग्लुकोज, मसाला, साबुन र विभिन्न कस्मेटिक गरी ६५ प्रकारका सामानहरू म्याद गुज्रेका भेटाएको थियो । धैरै परिणाममा ती सामान भेटिएपछि स्थानीय प्रशासनले पसललाई सिल समेत गरेको थियो ।
भित्री गाउँमा रहेको गुप्ता जनरल खाद्यान्न स्टोर्समा पहिलो पटक अनुगमन टोली पुगेको कारण एक पटकका लागि सिल र अखाद्य बस्तु नष्ट गरी थप कारबाही नगरिएको प्रशासनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्