तपाईँ सुन्दै हुनुहुन्छः

दुइ गाउको सम्बन्ध जोड्यो झुलुङ्गे पुलले

रोल्पा-रोल्पा नगरपालिका वडा नम्बर ५ जेदबाङको ,बाजबाङमा (बाजाबाङ रामावडार) झुलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।
निकै कठिन परिस्थितिमा रहेका स्थानीयहरु, साना बिद्यार्थीहरुलाई झुलुङ्गे पुल निर्माण भएपछि बिद्यालय पढन तथा अन्य कामकाजका लागि वारपार गर्न निकै सहज हुने भएको छ ।

खेतिपाति,घासदाउरा गर्न ,अर्मपर्म,बिरामी हुदा सहयोग गर्न ,प्रशाशनिक कामकाज को लागी पैदल हिडेर सदरमुका लिबाङ आवत जावत गर्न साथै बिहे,न्वारण,पुजापाठ मा सहभागी हुन हीउदयाम कुर्नपर्ने बाध्यता हटेको छ ।

हिउद को समयमा माडीखोला मा पानीको बहाब घटेपछी काठको पुल बनाइ स्थानीय गाउले बासीन्दा खोला वारपार गर्नको लागी पुल बनाउथे तर जब बर्खायाम सुरुहुन लाग्दा पानी पथ्र्यो माडीखोला उर्लेर आउदा काठबाट बनाइएको पुल खोलाले बगाउथ्यो र स्थानियलाइ सास्थी हुन्थ्यो ,पुल बनेपछी बषौदेखीको समस्याबाट गाउले मुक्त भएका छन् ।

ब्यक्ती,घर र गाउको टाढा रहेको दुरी घटाउदै ,नजिक बनाएको छ । भर्खर निर्माण सम्पन्न भएको झुलुङगे पुलले । दुइ गाउको सम्बन्ध जोड्दै बिस्तार गरेको छ ।पुलको लम्बाइ १०३.५० मिटर रहेको छ भने ,पुल ४४ लाख १३ हजार ७ सय ३० रुपैयाँ ६९ पैसा लागतमा बनेको हो ।

रोल्पा नगरपालिकाको आर्थिक सहयोग, विकास सरोकार समाज डिकोस रोल्पाको प्राविधिक तथा सामाजिक सहयोगमा उक्त झुलुङ्गे पुल निर्माण भएको छ ।पुल नगर प्रमुख पुर्ण के.सी ले हीजो शूक्रवार रीवन काटेर बिधीवतरुपमा उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button