दुई कोरोना संक्रमितको मृत्यु

सुनसरी । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मोरङको रंगेली र सुनसरीको धरान घर भएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको नोबेलले जनाएको छ ।
नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको रंगेली नगरपालिका ४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति ९ः३० बजेतिर मृत्यु भएको हो । बुधबार बिहान श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा ल्याइएका वृद्धलाई तत्काल आईसीयूमा भर्ना गरेर पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
मृतकमा थाइराइड र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको जानकारी अस्पतालले दिएको छ ।त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका १२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान ७ बजेतिर मृत्यु भएको छ ।
पछिल्लो समय श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएपनि ती पुरुषमा कुनै दीर्घरोग रहेको जानकारी नभएको अस्पतालले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्