नेपालमा वल्डलिंकद्धारा फेसबुकसँग साझेदारी
काठमाडौँ । नेपालको वल्डलिंक कम्युनिकेसन लिमिटेडेले फेसबुकसँगको साझेदारी घोषणा गरेको छ ।
नेपालको इन्टरनेट सेवा प्रदायक (आईएसपी) रूपमा रहेको वल्डलिंकले आफ्नो प्रयोगकर्तालाई छिटो, किफायती र भरपर्दो वाईफाई सेवाका लागि फेसबुक कनेक्टिभिटी (जडान) गर्न साझेदारी घोषणा गरेको हो । साझेदारीको माध्यमबाट वल्डलिंकले फेसबुक कनेक्टिभिटीको एक्सप्रेसको प्लेटफर्म मार्फत नेपालको वाईफाईको वर्तमान अवस्थामा अझ सुधारका लागि निर्माण, सञ्चालन र वृद्धिका लागि सहयोग गर्ने जनाएको छ ।
वल्डलिंकका अनुसार, एक्सप्रेस वाईफाइले वल्डलिंकलाई नेपालभर अवस्थित १० हजार वाईफाई हटस्पर्टमध्ये ७ हजार ५ सय वाईफाई हटस्पटलाई सहयोग र बलियो बनाउनेछ । अहिले वल्डलिंकले यी १० हजार सार्वजनिक ठाउँमा निःशुल्क वाईफाई सेवा दिइरहेकोमा अब ७ हजार ५ सय स्थानमा एक्सप्रेस वाईफाई हुन लागेको हो । सन् २०३३ सम्ममा मुलुकमा ३० हजार ठाउँमा सार्वजनिक वाईफाइ सञ्चालन गर्ने योजना वल्डलिंकको छ ।
यो साझेदारीले आधा मिलियन (५ लाख) भन्दा बढी प्रयोगकर्ताहरूको सेवा गरिसकेको र अब वल्डलिंकले नेपालभर सार्वजनिक सेवाहरूको दिगो विस्तार गर्नका लागि सक्षम हुने पनि वल्डलिंकले जनाएको छ । वल्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालले वल्डलिंक नेपालका दुर्गम सहितका क्षेत्रहरूका प्रयोगकर्ताहरूको लागि इन्टरनेटको पहुँच वृद्धि गरी डिजिटल डिभाइसको पुलको रूपमा अघि बढ्न सक्षम रहेको बताए ।
“फेसबुकसँगको साझेदारी र एक्सप्रेस वाईफाइको विकासले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) बढवा दिन तथा इन्टरनेट जडान नभएका र विपन्न वर्ग लाई सहयोग पुर्याउनेछ ।”उनले भने “यसले एकै समयमा हरेक व्यक्ति र ठाउँमा छिटो, भरपर्दो र सस्तो रूपमा सेवा दिएर हाम्रो सार्वजनिक वाईफाइ सेवा सुधार गर्नेछ ।”
फेसबुकका मोबाइल साझेदारीका निर्देशक करण खारालो उच्चस्तरीय इन्टरनेट पहुँच रोजगारीका साथै शिक्षा, स्वास्थ्य सेवा सहितको सुनिश्चितताका लागि अत्यावश्यक वस्तु रहेको बताउँदै एक्सप्रेस वाईफाइ प्लेटफर्मको साथमा वल्डलिंक नेपालमा वाईफाई विस्तारलाई दिगो बनाउन सक्षम हुने बताए । वल्डलिंकसँगको साझेदारीलाई निरन्तरता दिने पनि उनले बताए ।








प्रतिक्रिया राख्नुहोस्