तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा थप दुई हजार पाँच सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । उपत्यकामा आज दुई हजार पाँच सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप दुई हजार पाँच सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा दुई हजार ८५ जना, ललितपुरमा तीन सय २० जना र भक्तपुरमा एक सय ३५ जना गरी आज उपत्यकामा थप दुई हजार पाँच सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर एक हजार पाँच सय ६१ जना महिला र दुई हजार आठ सय तीन पुरुष गरी चार हजार तीन सय ६४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९८ हजार छ सय १७ पुगेको छ ।

त्यस्तै आज देशभर आज जना दुई हजार छ सय ७५ कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ७१ हजार तीन सय ४३ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button