डा. केसीसँग वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन
काठमाडौं । सरकारले चिकित्सा शिक्षा सुधारको माग राखी अनशनरत प्रा. डा. गोबिन्द केसीसँग वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्