तपाईँ सुन्दै हुनुहुन्छः

सिञ्जा क्षेत्रमा कोल्डस्टोर निर्माण गर्न स्थानीयको माग 

जुम्ला । जुम्लाको सिञ्जा क्षेत्रमा कोल्डस्टोर निर्माणका लागि स्थानीयवासीले प्रदेश सरकारसँग माग गरेका छन् ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसी मन्त्रालयबाट सञ्चालित योजना अनुगमनका लागि जुम्लाको सिञ्जा क्षेत्रमा पुग्नुभएका बेला स्थानीयवासीले त्यस क्षेत्रमा कोल्डस्टोर निर्माणका लागि माग गरेका हुन् ।

त्यस अवसरमा मन्त्री केसीले जुम्लाको सिञ्जा क्षेत्रमा कृषि विश्वविद्यालय र कोल्डस्टोर निर्माणका लागि पहल गर्ने बताउनुभयो ।

स्थानीय नन्दराम रोकायाले कोल्डस्टोर हुने हो भने त्यस क्षेत्रमा उत्पादन हुने स्याउ, आलू लगायतका उत्पादन भण्डारण गरी राम्रो फाईदा लिनसकिने र त्यसबाट कृषकहरु समृद्ध बन्दै जाने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button