तपाईँ सुन्दै हुनुहुन्छः

९ ओटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बन्ने

बैतडी । बैतडीका ९ ओटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बन्ने भएका छन् । कोरोना भाईरसको बढ्दो जोखिमलाई ध्यानमा राखेर अस्थायी कोभीड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

संघीय सरकारले अस्पताल नभएका स्थानीय तहहरुमा अस्थायी कोभीड अस्पताल निर्माणका लागि बजेट पठाईसकेको उहाँले बताउनुभयो । जिल्लाका ९ स्थानीय तहमा ५ बेडका अस्थायी कोभीड अस्पताल निर्माण हुने भट्टले जानकारी दिनुभयो । स्थानीय तहहरुमा अस्थायी कोभीड अस्पताल निर्माणका लागि १० लाखका दरले बजेट पठाइएको छ ।

बैतडीमा दशरथचन्द नगरपालिका बाहेकका सबै स्थानीय तहमा ५ बेडका अस्थायी कोभीड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ । ‘कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा स्थानीयस्तरका नागरिकलाई सजिलो होस भनेर अस्थायी कोभीड अस्पताल बन्न लागेका हुन् । स्थानीय तहहरुले यी अस्पतालको व्यवस्थापन गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button