तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर नगरपालिका २६ गतेसम्मका लागि शिल 

कैलाली । कैलालीको टीकापुर नगरपालिका शिल गरिएको छ । सेती प्रादेशिक अस्पतालमा आज गरिएको परिक्षणमा नगरपालिकामा कार्यरत १ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि आजदेखि २६ गतेसम्मका लागि नगरपालिका शिल गरिएको छ ।

वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु सूचारु रहने र नगरपालिकाको केन्द्रिय कार्यालयका सबै कामकाज २६ गतेसम्मका लागि बन्द गरिएको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिनुभयो ।

संक्रमित कर्मचारीको सम्पर्कमा आएका कर्मचारी र जनप्रतिनिधिको कोरोना जाँचपछि मात्र कार्यालय खोलीने नगर प्रमुख रावलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button