तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार रोक्न राज्यलाई बलियो बनाउनुपर्छः प्रदेशमन्त्री गुरुङ

बागलुङ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले जनता राज्यप्रति उत्तरदायी हुनुपर्ने र राज्य जनताप्रति जवाफदेहि हुँदा मात्र समृद्ध नेपाल बन्ने बताउनु भएको छ ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको प्रशासनिक भवनको शिलन्यास गर्दै मन्त्रि गुरुङले सम्पन्न मुलुकमा जनताले आम्दानीको ३० देखि ७० प्रतिशत सम्म कर तिर्ने गरेको र नागरिकको सबै जिम्मा राज्यले लिने गरेको बताउनु भयो ।

मन्त्रि गुरुङले राज्य कमजोर भएकोले भ्रष्टाचार बढेको बताउनुहुँदै राज्यलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button