तपाईँ सुन्दै हुनुहुन्छः

बाराको जितपुरबाट एक सय ४७ किलो गाँजा बरामद

बीरगंज । हेटौँडाबाट वीरगंज आउँदै गरेको मिनी ट्रक चेकजाँचको क्रममा आज दिउँसो बाराको जितपुरबाट प्रहरीले एक सय ४७ किलो ग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना७ख ९५५४ नम्बरको मिनी ट्रकको पछाडि सात वटा पोकामा राखिएको एक सय ४७ किलो ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जीतपुरले कार्यालय अगाडि चेकजाँच गर्ने क्रममा तीन वटा ट्रकको पछाडि रहेको मिनी ट्रकमा चालक र अन्य व्यक्ति फेला नपरेपछि ट्रक चेकजाँच गर्दा लुकाएर राखिएको अवस्थामा सात पोका गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

ठूलो परिमाणमा रहेको अवैध लागु औषध गाँजा कसले कहाँबाट ल्याएको हो र कहाँ लैजान लागिएको हो ? केही खुल्न नसकेको र प्रहरीले ट्रकका मालिक तथा चालकको खोजी गरिरहेको बारा प्रहरीका प्रवक्ता मिश्रले बताउनुभयो ।

गाँजासहितको ट्रकलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button