तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा थप २ सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवलमा २ जना कोरोना भाइरस संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको छ ।

यहाँको कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।

उहाँहरुमा सुख्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या थियो । १६ गते संक्रमण पुष्टि भएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको मंगलबार राती १२ः५० बजे मृत्यु भएको हो ।

असोज १७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना हुनुभएकी महिलाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको डा. थापाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button