तपाईँ सुन्दै हुनुहुन्छः

टिप्परको ठक्कर बाट कपिलवस्तुमा एक महिलाकाे मृत्यू

कपिलवस्तु- कपिलवस्तुमा टिप्परको ठक्करबाट एक महिलाकाे मृत्यू भएकाे छ । जिल्लाको शिवराज नगरपालिका ६ धर्मनगरमा भएको दुर्घटना बाट माेटरसाईकलमा सवार राेल्पा जिल्लाकाे सुनछहरी गा.प.७ खेवाङ हाल शिवराज न.प. २ बस्ने बर्ष ४० कि सुनिता बुठामगरकाे मृत्युु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो ।
चन्द्रौटा बाट कृष्णनगर तर्फ जाँदै गरेकाे प्रदेश न.२-०३-००१ख ०४८१ नम्बरकाे टिप्परले बिपरित दिशा बाट आइरहेको ग १२ प ७१०६ नम्बरको मोटरसाइकललाई  ठक्कर दिएकाे थियाे । मोटरसाइकल चालक खिम बुढाको  अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइ  अनुसन्धान भइरहेको निरिक्षक खरेलले बताउनुभयो। साे घटना मंगलवार राति ७ बजेभएकाे थियाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button