पुरानो मेडिकल कलजेमा कोरोना संक्रमित पुरुषको मृत्यु
चितवन- चितवनमा कोरोना संक्रमणबाट आज कलेज अफ मेडिकल साइन्सेस ( पुरानो मेडिकल) कलेजमा थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकका एक ७८ बर्षीय पुरुष रहेका छन । असोज १९ गते अस्पताल भर्ना भएका उनको २० गते कोरोना पोजेटिभ देखिएको थियो ।
श्वास प्रश्वासमा समस्या भएका ती पुरुषको आज बिहान साढे पांँच बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्