किर्गिस्तानी प्रधानमन्त्रीद्वारा राजीनामा

विशके । पूर्वी सोभियत राष्ट्र किर्गिस्तानको केन्द्रिय निर्वाचन आयोगले आइतबार भएको ससंदीय निर्वाचनको नतिजा खारेज गरे पछी प्रधानमन्त्री कुबातबेक बारोनोभले राजीनामा दिनु भएको छ ।
गत हप्ता भएको ससंदीय निर्वाचनमा अनियमितता भएको भन्दै केही दिन देखी हजारौंको संख्यामा प्रदर्शनकारीहरु राजधानी विशकेका सडकमा उत्रेका थिए ।
प्रदर्शनकारीहरुले निर्वाचनको नतिजाको छानबिन हुनु पर्ने माग राखेका थिए ।
यसैबीच, हिजो (मंगलबार) बसेको संसदको आपतकालीन बैठकले प्रतिपक्षी पार्टीका नेता सादिर जापारोभलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्