तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा ५१ सहित रुपन्देहीमा १ सय ७ संक्रमित थपिए


रुपन्देही । रुपन्देहीमा मंगलबार १ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ६४ जना पुरुष र ४३ जना महिला गरी १ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

आज सबैभन्दा बढी बुटवलमा थपिएका छन् । बुटवलमा २८ पुरुष र २३ महिला गरी ५१ जना संक्रमित थपिएका छन् । त्यस्तै सिद्धार्थनगर नगरपालिकामा २५ जना, तिलोत्तमा नगरपालिकामा ९ जना, देवदह नगरपालिकामा ६, मायादेवी, कञ्चन, रोहिणी र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १/१ जना संक्रमित थपिएका छन् । त्यसैगरी सैनामैना नगरपालिकामा ४, सियारी गाउँपालिकामा ८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयका तथ्याङ अधिकृत ओमप्रकाश गुप्ताले बताउनुभयो ।

यो संगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार १ सय २ पुगेको छ । जस मध्ये २ हजार १ सय ६२ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ९ सय १२ जना संक्रिय संक्रमित रहेका छन् । त्यस्तै जिल्लामा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button