भूमिहीनहरूका लागि वेदकोटमा घर निर्माण हुँदै
कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुरमा भूमिहीनहरूका लागि घर निर्माण भइरहेका छन् । नमूना बस्ती अन्तरगत भूमिहीन शिविरमा पाँच ओटा घर निर्माण हुन लागेका वेदकोट नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको लगानीमा भूमिहीन बस्तीमा निर्माण गरिने घरको मंगलबार वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले शिलान्यास गर्नुभएको छ ।
कुल २९ लाख १३ हजारमा घर निर्माणको ठेक्का बुढी घटाल निर्माण सेवाले पाएको र तीन महिनाभित्र घर निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको वेदकोट नगरपालिकाका नगर प्रमुख चन्दले जानकारी दिनुभयो ।
भूमिहीनहरूका लागि प्रत्येक घरमा दुई कोठा, एउटा बरण्डा र एउटा शौचालय निर्माण गरिने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्